लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन्।
लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए।
उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् । हामीले त्यसको प्रतिवाद गर्यौँ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन ।
कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन। उपलब्धिमाथि खतरा रहेसम्म दशरपन्ध्र, बीस वर्षसम्म जावस् । अब अर्को प्रयोग हुँदैन ।’
प्रचण्डले केपी शर्मा ओली सत्तामा आएपछि लोकतन्त्र र संविधान च्यातिएको बताए । यो गठबन्धनलाई चुनावसम्म मात्रै नभइ संविधान,
लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म गठबन्धन रहिरहने बताए । उनले ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने प्रष्ट पारे ।
Leave a Reply