Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1K
    SHARES

    एजेन्सी । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ।

    आइतबार मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो।



    टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।



    इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।त्यस्तै, ओपनर तथा कप्तान जोस बटलरले २६ तथा ह्यारी ब्रुक्सले २० रनको इनिङ खेलेका थिए।

    यस्तै, मोइन अली १९ रनमा बनाएर पेभेलियन फर्के। पाकिस्तानका लागि ह्यारिस रौफले दुई तथा शाहीन शाह अफ्रिदी र सादाबा खानले एक–एक विकेट लिए।

    पहिलो इनिङमा पाकिस्तानका ओपनर मोहम्मद रिजवान १५ तथा कप्तान बाबर आजम ३२ रन बनाएर पेभेलियन फर्केका थिए।

    एडेलेडमा इङ्ल्यान्डको कसिलो बलिङविरुद्ध संघर्षरत पाकिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन। पाकिस्तानका लागि २८ बलको सामना गरेका शान मशुदले दुई चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएर पेभेलियन फर्के।

    त्यस्तै, शादाब खानले २० बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इङ्ल्यान्डका लागि चार ओभरमा १२ रन खर्चेर साम कुरानले सर्वाधिक तीन तथा आदिल राशिद र क्रिस जोर्डनले दुई–दुई विकेट लिए। बेन स्टोक्सले एक विकेट हात पारे।

    पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो। अर्कातिर भारतलाई विकेट हराउँदै इङ्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो।

    यसअघि इङ्ल्यान्डले सन् २०१० मा फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो। सन् २०१६ मा पुनः फाइनलमा पुगेको इङ्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित हुँदा उपाधिबाट वञ्चित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार