Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काँकडभिट्टा नाकाबाट भन्सार छलीका २५ मोबाइल र १३ थान घडी बरामद

    काँकडभिट्टा नाकाबाट भन्सार छलीका २५ मोबाइल र १३ थान घडी बरामद

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 846
    SHARES

    झापा । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।

    प्रहरीले मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी बरामद गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको थियो।



    प्रहरीलाई देख्ना साथ तस्करले मोबाइल र घडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

    बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार