विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको छ ।
नेकपा एमाले निर्वाचन परिचाल कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन आचारसंहिताको उलंघन गरी स्थानीय प्रशासन र सुरक्षा निकायको गलत प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी समक्ष उजुरी हालेका हुन् ।
उनले दिएको उजुरीमा कार्कीले २०७९ कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म चार चक्के सवारी साधन र सयौँ मोटरसाइकलहरुको लावा लस्कर सहितको र्याली लैजाने गरेको उल्लेख छ ।
यस्तै उजुरीमा मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरुपयोग गरेको उल्लेख छ ।
Leave a Reply