Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भरतपुरमा नर्ससहित थप ७ जनामा कोरोना संक्रमण

    भरतपुरमा नर्ससहित थप ७ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं ।  भरतपुरमा एक अस्पतालकी १९ वर्षीय नर्ससमेत गरी थप ७ जनामा कोरोना संक्रमण देखिएको छ।  उनी भरतपुरको मनाकामना अस्पतालमा कार्यरत रहेको खुलेको छ। भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले नर्सलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

    यसअघी नारायणी अस्पताका चिकित्सकसहित दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो।



    भारतपुरमा  ४ जना अस्पतालका बिरामीमा पनि कोरोना पुष्टि भएको थियो।



    सोमवार कोरोना संक्रमित भएकामध्ये भरतपुर महानगरपालिका वडा नम्वर २८ का दुई जना पुरुष रहेका छन्। त्यसैगरी वडा नम्वर २० का पुरुष, वडा नम्वर २७ का  पुरुष र  महिला, वडा नम्वर १९ का  पुरुष र वडा नम्वर ११  कै अर्का पुरुष रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार