Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा. शशाङ्क कोइराला

    कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा. शशाङ्क कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1.6K
    SHARES

    नवलपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताए ।

    पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार रहेका कोइरालाले चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताएका हुन् ।



    ‘कालीगण्डकी धार्मिक आस्थाको नदी हो, हाम्रो संस्कार र संस्कृति हो, आयोजनाले केही निश्चित व्यक्ति र समूदायलाई फाइदा होला तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छ’ उनले भने ।



    कोइरालाले डाइभर्सन निर्माण भए फाँट उजाड हुने, तापक्रम बढने र तापक्रमको असर मानवसँगै पशुपक्षी र चराचुरुङ्गीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्व बोकेको नदीलाई डाइभर्सन गर्न नहुने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार