काठमाडौं । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको हुन् ।
संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौं ७ मा साझा उम्मेदवार छिन्।
Leave a Reply