Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 786
    SHARES

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९:२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।



    दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ४२ वर्षीय उत्तमकुमार मगरको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।



    गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा राति १०:३० बजेतिर मृत्यु भएको थियो।

    प्रहरीले नियन्त्रणमा लिएर कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासमाथि अनुसन्धान सुरु गरेको छ ।

    मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार