Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुसी सेना खेर्सनबाट फर्किएपछि युक्रेनमा उत्सव मनाउँदै जनता, युद्ध समाप्त नभएको दाबी

    रुसी सेना खेर्सनबाट फर्किएपछि युक्रेनमा उत्सव मनाउँदै जनता, युद्ध समाप्त नभएको दाबी

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 795
    SHARES

    एजेन्सी । युक्रेनको खेर्सनबाट रुसी सेना फिर्ता भएपछि युक्रेनी सेनालाई त्यहाँ ठूलो उत्साहका साथ स्वागत गरिएको थियो ।

    सेनाको पछाडी हटेपछि, ओडेसा र किभबाट उत्सवका तस्बिरहरु बाहिर आइरहेका छन् । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।



    सामाजिक सञ्जालमा आएको भिडियोमा स्थानीय जनता झण्डा बोकेर सडकमा आइ देशभक्तिको गीत गाउँदै सेनालाई स्वागत गरेको देख्न सकिन्छ ।



    आसियान शिखर सम्मेलनमा भाग लिन कम्बोडियामा रहेका युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुस खेर्सनबाट पछि हटेको घटनाले युद्ध हार्ने संकेत देखाएको बताए ।

    तर युक्रेनी अधिकारीहरूले रुस खेर्सनबाट फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’ भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार