Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ट्विटरको ब्लु टिकका लागि तिर्नुपर्ने शुल्कको नियम खारेज

    ट्विटरको ब्लु टिकका लागि तिर्नुपर्ने शुल्कको नियम खारेज

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 780
    SHARES

    काठमाडौं । ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णय कार्यान्वयन नहुने भएको छ ।

    अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।



    एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन (ब्लु टिक) का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।



    ८ डलर तिरेपछि ब्लु टिक लिन पाइने नियम लागू भएपछि कैयौं फेक अकान्ट बनेको र तिनीहरुले ब्लु टिक पनि मिलेको थियो । ब्लु टिक पाएपछि फेक अकाउन्ट पनि कम्पनी तथा सेवा प्रदायकको वास्तविक अकाउन्ट जस्तै देखिन थालेका थिए ।

    यो घटनापछि ट्विटरबाट गलत सूचना फैलिनसक्ने जोखिम बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार