काठमाडौं । आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किएकी छिन् । यही कार्तिक २१ गते आइसल्याण्ड प्रस्थान गरेकी राष्ट्रपति भण्डारी आज स्वदेश फर्किन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानस्थल पुगेका थिए ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड पुगेका थिइन् ।
आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत प्रदान गरिएको थियो ।
Leave a Reply