Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • तीन महिनामा थपिए २ लाख १० हजार करदाता

    तीन महिनामा थपिए २ लाख १० हजार करदाता

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 783
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् ।

    यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ ।



    अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७ सय ७३ जना छन् ।



    यस अवधिमा ४६ हजार १ वटा व्यावसायिक स्थायी लेखा नम्बर जारी भएका छन् । अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३ सय १३ प्यान नम्बर जारी भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार