Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालले नक्सा अस्त्र प्रयाेग गर्याे, के हाम्राे मन्त्रालय सजग छ?

    नेपालले नक्सा अस्त्र प्रयाेग गर्याे, के हाम्राे मन्त्रालय सजग छ?

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रतिनिधि सभाको बैठकमा रामले रावणलाई प्रहार गरेको जस्तै अस्त्र नेपालले भारतविरूद्द नक्सा अस्त्र प्रयोग गरेको बताए।

    ‘मेघराजले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ। बह्माअस्त्र/वायोअस्त्र जस्तै नक्सास्त्र’, गिरिले प्रश्न गरे, ‘अब हामीले प्रयोग गरेको नक्सालाई विफल हुन नदिन हामीले जुन कुटनीति अपनाउनुपर्ने हो के त्यसको बारेमा हाम्रो मन्त्रालय सजग छ?’



    उनले नेपालले आफ्नो अस्तित्व जोगाउन कुटनीतिक बुद्धिमत्ता प्रयोग गर्नुपर्ने तर्क गरे। उनले प्रधानमन्त्रीलाई नक्साअस्त्र, वायोअस्त्र, बह्माअस्त्रको मोहबाट मुक्त भएर सार्थक राजनीतिको सुझाव दिन मन्त्रीहरुसँग आग्रह गरे।



    ‘नेपाललाई सार्थक राजनीतिकतर्फ लैजान उहाँले सक्नुहुन्छ, उहाँमा दक्षता छ’, गिरिले भने, ‘सल्लाहकार ठिक भएनन् ।’ प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उनले चीन तथा क्यानेबेरा र अन्य देशमा बन्दै गइरहेका दूतावास तथा अन्य निकायका भवनका लागि ठूलो रकम छुट्याइएको तर श्रमिकको उद्दारका लागि रकम नछुट्याइएकोमा आक्रोश व्यक्त गरे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार