काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
मंसिर ४ को निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले शान्तिबाटिकामा भण्डाफोर सभा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन दलाल पूँजीपति संसदीय व्यवस्था भएको आरोप लगाउदै चुनावको भण्डाफोर कार्यक्रम गरेको हो ।
सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ ।
खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।
यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।
Leave a Reply