Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राजेन्द्र लिङदेनको प्रश्न – ८० वर्षका देउवालाई फेरि प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?

    राजेन्द्र लिङदेनको प्रश्न – ८० वर्षका देउवालाई फेरि प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 849
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरेका छन् ।

    बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउका हुन् ।



    उनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न समेत गरे ।



    लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’

    उनले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला ? भनेर प्रश्न गरे ।

    ‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त ?’, लिङदेनले अरुको नाम नलिने भन्दै प्रश्न गरे ।

    उनले अरु पार्टीले नेपाललाई विकास गर्नुको साटो अरवियनको नोकर उत्पादन गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार