Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रेमिकाको घर गएका किशोर मध्यरातमा झुण्डिएको अवस्थामा मृत फेला

    प्रेमिकाको घर गएका किशोर मध्यरातमा झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    सिरहा ।  प्रेमिकाको घर पुगेका एक  किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार मध्यरातमा सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् ।



    अबिरचनको नाकबाट रगत बगेको छभने परिवारले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले वताएका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार