मकवानपुर । सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम खड्का रिहा भएका छन् । भोट माग्नेक्रममा मकवानपुरको मनहरी पुगेका नेता खतिवडालाईलाई खड्काले मंगलबार झापड हानेका थिए ।
उनले मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा नेता खतिवडालाई झापड हानेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खड्कालाई आफन्तको जिम्मा लगाइ छाडिएको हो ।
नेता खतिवडाले खड्कालाई कुनै कारबाही नगरी रिहा गर्न आग्रह गरेका थिए ।
Leave a Reply