Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • शहरी विकासमन्त्री चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई मधेसी आयोगको पत्राचार

    शहरी विकासमन्त्री चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई मधेसी आयोगको पत्राचार

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीलाई कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

    नेकपा एसका दाङ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका चौधरीलाई कारवाही गर्न आयोगले पत्र पठाएको हो । मधेसी समुदायप्रति लक्षित गरी विभेदपूर्ण भाषण दिएको मधेसी आयोगले जनाएको छ ।



    मन्त्री चौधरीले कात्तिक २१ गते एक कार्यक्रममा मधेसीहरु विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण अभिव्यक्ति दिएको आयोगले जनाएको छ।



    चौधरीको सो अभिव्यक्तिविरुद्ध मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको आयोगले वुधवार विज्ञप्तिमार्फत जनाएको छ ।

    सो उजुरीपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार