Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राजदूत सुवेदीद्वारा जापानका सम्राटसमक्ष ओहदाको प्रमाणपत्र पेस

    राजदूत सुवेदीद्वारा जापानका सम्राटसमक्ष ओहदाको प्रमाणपत्र पेस

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 915
    SHARES

    काठमाडौं । जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानी सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    राजदूत डा. सुवेदीले टोकियोको इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।



    ओहदाको प्रमाणपत्र लिँदै सम्राट नारुहितोले सुवेदीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने आशा राखेको नेपाली राजदूतावासले जनाएको छ ।



    राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक आर्थिक विकासमा जापानले सधै सहयोग गरिरहेकोमा जापान सरकार र जापानी जनताप्रति आभार प्रकट गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार