Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारतीय नाकामा स्थानीयले गुलेलीले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलायो

    भारतीय नाकामा स्थानीयले गुलेलीले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलायो

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 5.3K
    SHARES

    परासी । लकडाउमा भन्सार छलेर भारतबाट सामान ल्याउने क्रममा बादबिबाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

    पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा नाकामा भएको झडपमा परी ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन् ।



    अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको एक प्रहरी अधिकारीले वताए।



    अहिले  नेपाल भारत सीमा बन्द छ भने उक्त नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेपछि सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ।  झडपका क्रममा ढुंगामुढा प्रहार हुँदा अस्थायी प्रहरी बिटमा क्षती पुगेको छ ।

    रासायनिक मल ल्याउँदा सशस्त्र प्रहरीले रोकेपछि स्थानीयले गुलेलीले आक्रमण गरेका  थिए ।  त्यसपछि गोली चलेको वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार