Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं-५ का सत्ता गठबन्धन उम्मेदवार पौडेलद्धारा प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं-५ का सत्ता गठबन्धन उम्मेदवार पौडेलद्धारा प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

    आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।



    प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।



    यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ ।

    प्रतिबद्धतापत्रमा लोकतन्त्र र संविधानको रक्षाका साथै राजनीतिक स्थायित्व र विकासका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र

    र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन जनताको घर–दैलोमा आएको र गठबन्धनका तर्फबाट यस क्षेत्रका सबै उम्मेदवारको निर्वाचन चिह्न ‘रुख’ रहेको जानकारी दिइएको छ ।

    जसअनुसार ‘रुख’ चिन्हमा मतदान गरी संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गरिएको छ ।

    यस्तो छ घोषणापत्र :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार