Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एमालेले मंसिर ४ पछि एकल बहुमतको सरकार बनाउँछ : ओली

    एमालेले मंसिर ४ पछि एकल बहुमतको सरकार बनाउँछ : ओली

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 801
    SHARES

    फाइल तस्विर

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले एकल बहुमत ल्याउने बताएका छन् ।

    कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले ।



    एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’

    आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गरे। विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार