काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् ।
सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले यस्तो बताएकी हुन् । प्रक्रिया पूरा गर्नमात्रै मंसिर ४ गते कुर्नुपरेको उनको भनाइ छ ।
उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार घर्तीले लोकतान्त्रिक वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन् ।
उनले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुची देखाएको बताइन् ।
Leave a Reply