अर्घाखाँची । एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् ।
रायमाझीले सोमबार पत्रकारहरु सँग कुराकानि गर्दै यस्तो बताएका हुन् । उनले भने , ‘गठबन्धन कुनै विचारमा आधारित भएर बनेकै थिएन, ककटेल विचार छन्, उनीहरूबीचमै शक्ति सन्तुलन
मिलाउन समस्या छ, आपसी द्वन्द्वले उनीहरू विभाजित हुनेछन्, त्यहाँ रहेका दलहरू टुक्राटुक्रा हुने प्रष्ट सिनारियो देखिएको छ ।’
उनले सरकारमा रहेका पार्टी विपक्षी दलविरुद्ध गठबन्धन गरेर जानु आफैँमा पराजित मानसिकता रहेको बताए । उनले गठबन्धनको अस्तित्त्व नै संकटमा रहेको बताए ।
चुनावपछि मुलुकमा दुई ध्रुवको राजनीतिक वातावरण बन्ने उनको दाबी छ । पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने र समाजवादीको नेतृत्व एमालेले गर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले देशको विकास गर्ने उनले बताए ।
Leave a Reply