Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • साढे दुई महिनापछि कति ताेकियाे सुनको मूल्य?

    साढे दुई महिनापछि कति ताेकियाे सुनको मूल्य?

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य ताेकिएको छ। लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए।

    उनका अनुसार आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।



    यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइताबर ९२५ रुपैयाँ तोकेको छ। अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रियाअनुसार सुनचाँदी व्यवसायीले पनि आंशिक रुपमा व्यापार संचालन गर्ने जनाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार