काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएका हुन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेको उनले बताए ।
अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने बताइएको छ ।
Leave a Reply