Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री खाँण भन्छन् – निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छ

    गृहमन्त्री खाँण भन्छन् – निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छ

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् ।

    नेकपा माओवादी केन्द्रले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए ।



    गृहमन्त्री खाणले लामो सङ्घर्षपश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको औँल्याए।



    उनले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए। बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार