Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • राैतहट बम काण्ड : अफताफ आलमका सहयाेगी पक्राउ

    राैतहट बम काण्ड : अफताफ आलमका सहयाेगी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 4.7K
    SHARES

    काठमाडौं– रौतहट बम काण्डका एक फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह रहेका छन्।

    प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहका अनुसार उनलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले शनिबार पक्राउ गरेको हाे।



    भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको डिआइजी सिंहले जानकारी दिए।



    उक्त घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहमद हफताब आलम अहिले जेलमा छन्। साह हाल जेलमा रहेका आमलका सहयोगी हुन्। आमलकै आदेशमा उनी मिस्त्री रहेको इँटा भट्टामा मान्छे हालेर मारिएको थियो।

    २०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार