काठमाडौं । दोहोरो नागरिकता बनाएर अमेरिका जान लागेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका-७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राई रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको बताइएको छ ।
Leave a Reply