रुपन्देही । रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच कुर्सी हानाहान र ढुङ्गा प्रहार भएको छ ।
प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच हानाहान हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानाहान र ढुङ्गा प्रहार भएको थियो ।
सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको बताइएको छ । घाइते शुक्लाको ओठमा १७ वटा टाँका लगाइएको छ । उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ ।
Leave a Reply