Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिबाट मुक्तिनाथमा भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास

    राष्ट्रपतिबाट मुक्तिनाथमा भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 831
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास गरेकी छिन् ।

    शुक्रबार भण्डारीले शिलान्यास गरेको मन्दिर गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाको संयुक्त लगानीमा बन्न लागेको हो ।



    गुरुयोजनाअनुरूप भगवान् विष्णुको ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् ।



    ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्‍ने आकलन रहेको छ । विष्णुको मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण गरिरहेको आयोजकले जनाएको छ ।

    राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार