काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
पासवानले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
Leave a Reply