Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मन्दिरमा पूजा गरेर गगनले सुरु गरे चुनावी अभियान, भन्छन् – जनताको मतको इज्जत राख्छौं

    मन्दिरमा पूजा गरेर गगनले सुरु गरे चुनावी अभियान, भन्छन् – जनताको मतको इज्जत राख्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले यसपटक चुनाव जितेपछि जनतालाई निराश नबनाउने बताएका छन् ।

    काठमाडौंको चाबहिलस्थित गणेशथानको मन्दिरमा पुजाआजा गरी चुनावी अभियानको सुरूवात गर्दै थापाले सो कुरा बताएका हुन् । उनले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताए ।



    ‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’



    उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार