Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले आज भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे जानकारी गराएका थिए ।



    भेटका अवसरमा राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरिन् ।



    भेटमा आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार