Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राजनीतिमा स्थायी शत्रु कोही हुँदैन

    राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

    राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 912
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको बताएका छन् ।

    डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।



    उनले पार्टीको विचार फरक फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको बताए । ‘राजनीतिमा स्थायी शत्रु कोही हुँदैन, त्यसैले माओवादी लगायतका दलसँग गठबन्धन गरिएको हो,’ उनले भने ।



    यस्तै उनले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताए । वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने उनको भनाई छ । देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको देउवाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार