काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले व्यावसायिक उडान थालेको छ ।
बिहीबार हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार मलेसियाको क्वालालम्पुरका लागि उडेको हो ।
हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले बिहीवार दिउँसो पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।
Leave a Reply