Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मालपोत कार्यालय आजदेखि खुल्दै

    मालपोत कार्यालय आजदेखि खुल्दै

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । सरकारको निर्णय अनुसार मालपोत कार्यालयहरु खुल्न लागेको हुन् ।

    लकडाउनसँगै बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।



    पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग हुँदै आएको थियो । सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार