काठमाडौं । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ ।
पहिरोले क्षति पुर्याएका विद्युतगृहहरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने छ ।
यसका लागि प्राधिकरणले ती जिल्लाहरुमा जेनेरेटरको व्यवस्था पुर्याइसकेको छ ।
राष्ट्रिय प्रसारण लाइन नपुगेको कर्णालीको यी दुई जिल्लामा अब डिजेलबाट उत्पादन हुने बिजुली बल्नेछ । डिजेल ढुवानी गर्नुपर्न भएकाले यसबाट उत्पादित एक युनिट बिजुलीको लागत ८० रुपैयाँ पर्छ ।
प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ ।
हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ ।
Leave a Reply