रुपन्देही । रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
सो घटनामा संलग्न सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेको छ ।
उनीहरुमाथि ६ जनाले बलात्कार गरेको आरोप छ । थप तीन जनाको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
Leave a Reply