काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ ।
२० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ५२ हजार ४६५ पुगेको छ । त्यसमध्ये ९ लाख ९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३२० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।
विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ ।
३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।
Leave a Reply