Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँण

    निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 780
    SHARES

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

    बुटवलमा आज आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताए ।



    उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।”



    उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार