धादिङ । नेपाल प्रहरीका इन्स्पेक्टर अपूर्व ढुंगानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
आफ्नै कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत धादिङले मंगलबार कारागार चलान गरेको हो ।
उनीविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि मध्यराति महिला ब्यारेकमा गएर बलात्कार प्रयास गरेको आरोप छ ।
पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएको थियो ।
Leave a Reply