Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाद्वारा भारतको गुजरात घटनाप्रति दुःख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा भारतको गुजरात घटनाप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको गुजरातमा पुल भाँचिदा १४१ जनाको मृत्यु भएको घटजाप्रति दु:ख व्यक्त गरेका छन्।

    सोमबार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले पुल भाँचिएर दर्जनौं मानिसको मृत्यु भएको समाचारले आफूलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र भारतीय सरकार र मृतकका आफन्तमा समवेदना व्यक्त गरेका हुन्।



    भारतको गुजरातमा आइतबार साँझ पुल भाँचिदा १४१ जनाको मृ्त्यु भएको छ। आइतबार साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथिको पुल भाँचिएको थियो।



    घटना लगत्तै करिब ६८ जनाको शव नदीबाट निकालेको थियो। रातिबाट उद्दार कार्य जारी रहेको र धेरै मानिस वेपत्ता भएको बताइएको छ। पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार