Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भेरिफाइड प्रयोगकर्ताबाट मासिक शुल्क लिने ट्वीटरको तयारी

    भेरिफाइड प्रयोगकर्ताबाट मासिक शुल्क लिने ट्वीटरको तयारी

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 975
    SHARES

    एजेन्सी । अर्बपति इलोन मस्कले भेरिफाइड एकाउन्टबाट मासिक पैसा असुल्ने योजना अघि सारेका छन् ।

    एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारी हटाएपछि उनले ट्विटरको प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको बताएका हुन् ।



    ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ’, मस्कले आफ्नो ट्वीटमा भनेका छन्। यद्यपि उनले के कस्ता फिचरहरू परिवर्तन हुनेबारे स्पष्ट पारेका छैनन्।



    ट्विटरले आफ्नो खाता प्रमाणित गर्ने नीलो चेक मार्कको लागि शुल्क लिने तयारी गरिरहेको टेक्नोलोजी न्यूजलेटर प्लेटफर्मरले दाबी गरेको छ ।

    यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुन्छ । यसअघि नै भेरिफाइड एकाउन्ट भएका प्रयोगकर्तालाई पनि आफ्नो भेरिफिकेसन नगुमाउन ९० दिनको समय दिइनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार