काठमाडौं । काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ ।
बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।
गएराति ९:२० बजे झ्यालबाट खसेर गम्भीर घाइते भएकी रियासालाई उपचारका लागि ट्रमा अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी बृत्त कमलपोखरीबाट थप अनुसन्धान भइरहेको छ ।
Leave a Reply