Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • स्वर्णिम वाग्लेले भने – यो मेरो संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो

    स्वर्णिम वाग्लेले भने – यो मेरो संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा.स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताए ।



    उनले भने, ‘यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो ।



    यसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, केन्द्रीय समितिमा ८० प्रतिशतको समर्थन उहाँलाई छ । यहाँको प्रगाढ इच्छा थियो कि ६५ वर्षमा वृद्धभत्ता ।’

    डा.वाग्लेले अगाडि भने, ‘७० बाट ६८ वर्ष पनि उहाँको कार्यकालमा सुरु भयो, ६५ वर्षसम्म क्रमशः ५ वर्षको कार्यकालमा पुर्‍याउनुपर्छ भन्ने इच्छा बमोजिम यो प्रतिबिम्बित भएको हो ।’

    ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता पाउने उमेर क्रमश ६५ वर्षमा झारिने उल्लेख छ । हाल ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार