Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुन्

    बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुन्

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 1.2K
    SHARES

    गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् ।

    गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।



    गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।



    उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार