Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • उम्मेदवारी खारेजबारे गुरुङले भने – सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टीको कार्यालय जस्तो बने

    उम्मेदवारी खारेजबारे गुरुङले भने – सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टीको कार्यालय जस्तो बने

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 783
    SHARES

    बुटवल । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता राजु गुरूङले निर्वाचन आयोग र सर्वोच्च अदालत अमूक राजनीतिक दलको पार्टी कार्यालय जस्तो बनेर आफ्नो उम्मेदवारी खारेज भएको आरोप लगाएका छन् ।

    सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन् ।



    रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेजी भएका गुरूङले सर्वोच्च अदालतको आदेशप्रति प्रश्न उठाउँदै जालझेलपूर्ण रूपमा उम्मेदवारी खारेजी गरिएको बताए।



    सत्तारुढ गठबन्धनबाट रूपन्देही–२ बाट प्रतिनिधिसमा सदस्य पदमा उम्मेदवारी दिएका गुरूङको बैंकिङ कसूरमा कालोसूची परेपछि उम्मेदवारी खारेज भएको थियो ।

    आफूजस्तै मुलुकभर १५२ उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरूको उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे ।

    गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही–२ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार