काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफल गरेर टुंगो लगाउने बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ ।’
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको पनि विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
यस्तो छ सहमति :
Leave a Reply