Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • भाइटिकाको दिन बिहानै खुल्यो बालगोपालेश्वर मन्दिर

    भाइटिकाको दिन बिहानै खुल्यो बालगोपालेश्वर मन्दिर

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 915
    SHARES

    काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला भएको छ।

    दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको हो ।



    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।



    बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ। सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन्। मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौं महानगरको वातावरण विभागले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार